दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
लेकम गाउँपालिका–५ राताकाठामा स्थानीय ३२ वर्षीया नन्दादेवी बोहराको भिरबाट लडेर मृत्यु भएको हो।
बुधबार बिहान गोठालो गएको बेला घर नजिकैको भिरबाट लडेर मृत्यु भएको मृतकका परिवारले जानकारी दिएको हो।
प्रहरी घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।