कञ्चनपुरमा महिलाको शव भेटिएको छ।
बिहीबार बिहान बेलौरी नगरपालिका–२ टेडुवा माइती घर आएकी २३ वर्षीया अंजली चौधरी मृत फेला परेकी हुन्।
रौतहट घर भएकी अंजली बेलौरीमा आफ्नो माइती घरमा आएकी थिइन्।
चौधरी मृत भेटिएको विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान थालेको छ।