कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कञ्चनपुरको लालझाडी गाउँपालिका–४ देखतभूलीका १७ वर्षीय सञ्जय राना छन्।
कैलालीको चिसापानी विद्युत लाइन खिच्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।