पाल्पामा भारी वर्षा मापन भएको छ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार गत २४ घन्टामा पाल्पामा धेरै भारी वर्षा मापन भएको हो।
महाशाखाको पाल्पास्थित अर्चले स्टेशनको मापनअनुसार त्यहाँ २४ घन्टामा १६०.४ मिलिमिटर र १२ घन्टामा १४१.६ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै गत ६ घन्टामा ९२.८ मिलिमिटर र तीन घन्टामा ४१.२ मिलिमिटर वर्षाको मापन भएको छ।

जल तथा मौसम पूर्वानुमान् महाशाखाले आज दिनभर देशका अधिकांश स्थानमा वर्षा हुने भनेको छ।
वर्षाका कारण नदी तथा खोलाहरूमा पानीको बहाव बढ्ने सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखले आग्रह गरेको छ।