तनहुँमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
भानु नगरपालिका-९ बडहरे बस्ने आबुखैरेनी गाउँपालिका-६ सेप्राङका २६ वर्षीय कर्णबहादुर मास्की पक्राउ परेका हुन्।
उनलाई मंगलबार साँझ प्रहरी चौकी पुर्कोटबाट खटिएको टोलीले पक्राउ गरेको हो।
मास्कीविरूद्ध भदौ २० गते एक बालिकालाई बलात्कार गरेको उजुरी परेको थियो। उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।