यसपालिको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार क्वान्टम डट्समा अनुसन्धान गर्ने तीन जना वैज्ञानिकलाई दिइएको छ।
नोबेल पुरस्कार समितिले बुधबार वैज्ञानिकहरू मौन्गी बावेन्डी, लुइस ब्रुस र अलेक्सी एकिमोभलाई रसायनशास्त्रतर्फको पुरस्कार दिने घोषणा गरेको हो।
बावेन्डी म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा आवद्ध छन् भने ब्रुस कोलम्बिया विश्वविद्यालय र एकिमोभ न्यानोक्रिस्टल टेक्नोलोजी इन्क न्युयोर्कमा आवद्ध छन्।
उनीहरू तीन जनाले धेरै चम्किलो रंगिन प्रकाश उत्सर्जन गर्ने साना कणमा काम गरेका थिए। क्वान्टम डट्स टेलिभिजन, एलइडी बत्ती, मेडिकल इमेजिङलगायतमा प्रयोग हुन्छ।