सामाजिक सञ्जाल दुरूपयोग गरी जातीय, धार्मिक र साम्प्रदायिक सद्भाव खलल पुर्याउने गतिविधि गरेमा नेपाल प्रहरीले कारबाही गर्ने भएको छ।
प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले बुधबार एक सूचना जारी गर्दै राष्ट्रिय सुरक्षा, एकतामा आँच पुग्ने तथ्यहीन विषयबस्तु प्रकाशन तथा प्रशारण गरे कारबाही गरिने उल्लेख गरेको हो।
शान्ति सुरक्षा भंग हुने कार्यलाई बढवा दिने सामग्री प्रकाशन र प्रदर्शन नगर्न पनि प्रहरीले आग्रह गरेको छ।
कानुनले रोक लगाएका सामग्री प्रकाशन गरेमा कारबाही गरिने प्रहरी उपरीक्षक पशुपतिकुमार रायले निकालेको सूचनामा उल्लेख छ।