झापामा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
बलात्कार गरेको आरोपमा बाह्रदर्शी गाउँपालिका-२ का २० वर्षीय अजय शर्मा खत्वे पक्राउ परेका हुन्।
उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो।
१७ वर्षीया किशोरीलाई खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ मा असोज १० देखि १७ गतेसम्म जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो।
सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेका युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको छ।