फिल्म 'प्रसाद २' को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन्।
डिजिटल राइटको विवादमा 'प्रसाद २' का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले उजुरी दिएपछि अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई शुक्रबार सिंहदरबार वृत्तले पक्राउ गरी अनुसन्धानका लागि बौद्ध प्रहरीलाई बुझाएको थियो।
पक्राउ परेका अग्रवाललाई काठमाडौं जिल्ला अदालतबाट ४ दिनको समय म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ओएसआरले 'प्रसाद २' को डिजिटल राइट समेत लिएको थियो।