इटहरीमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
इटहरी उपमहानगरपालिका-१७ की ३२ वर्षीया कमला तामाङको हत्या गरेको आरोपमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका-९ बस्ने ४९ वर्षीय निमा तामाङ पक्राउ परेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ हो।
सामान्य विवादमा निमाले कमाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। उपचारको क्रममा सोमबार न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।