दाङमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
आज बिहान पूर्व पश्चिम राजमार्ग अन्तरगत भालुवाङ बजार क्षेत्रमा काठमाडौंबाट सुर्खेत तर्फ जाँदै गरेको ना ७ ख ५९७१ नम्बरको बसको ठक्करबाट कपिलवस्तुको बाणगंगा नगरपालिका– ४ घर भइ दाङको भालुवाङमा व्यवसाय गर्ने २४ वर्षीय विजय खनालको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार आज बिहान १० बजे बाटो काट्दै गरेका विजयलाई उक्त बसले ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल भालुवाङ अस्पताल पुर्याउँदा अस्पतालले मृत घोषणा गरिदिएको थियो।
बसका चालकलाई नियन्त्रणमा