सशस्त्र प्रहरी बलले काभ्रेबाट चाँदीका गरगहनासहित एक जनालाई पक्राउ गरेको छ।
बनेपा नगरपालिका-८ सिनागालबाट बिहीबार करिब ७ किलो चाँदीका सिक्का तथा गरगहना बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
भारतको रक्सौल नागाटोल, पूर्वी चम्पारका २९ वर्षीय आश्वानी शराफलाई सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले पक्राउ गरेको हो।
शराफ वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बसमा सवार थिए।
उनलाई थप कारबाही तथा अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको डिएसपी थापाले बताए।