लुम्बिनी र गण्डकी प्रदेशबाट पनि मनसुन बाहिरिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार शनिबार ती दुई प्रदेशका अधिकांश भूभागबाट मनसुन बाहिरिएको हो।
यसअघि सुदूर-पश्चिम प्रदेश र कर्णाली प्रदेश साथै लुम्बिनीप्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशको पश्चिमी भू-भागबाट मनसुन बाहिरिएको थियो।
नेपालको बाँकी भू-भागबाट भने केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रही कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।