सरदर १३ दिन ढिला गरेर नेपालबाट मनसुन बाहिरिएको छ। यस वर्ष गत जेठ ३१ गते मनसुन नेपाल भित्रिएको थियो। नेपालभरि फैलन एक साता लागेको थियो।
‘यस वर्ष मनसुन आज मिति २०८० असोज २८ गतेका दिन नेपालबाट बाहिरिएको छ। नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिला बाहिरिएको छ,’ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर जानकारी दिएको छ।
यस वर्षको मनसुन १ सय २४ दिन नेपालमा सक्रिय रहेको विभागले जानकारी दिएको छ।
आजबाट मनसुन बाहिरिए पनि सोमबारबाट पश्चिमी वायु सक्रिय हुने विभागले यही बुलेटिनमा जानकारी दिएको छ।
भोलिबाट सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका केही भागमा बदली, मेघ गर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
यो पनि-
भोलिदेखि बुधबारसम्म वर्षाको सम्भावना, यी प्रदेशमा बाली नकाट्न आग्रह
