गोरखाको साम्दोबाट तीन जनालाई उद्धार गरिएको छ।
एक जना बिरामी र दुई जना सहयोगीलाई मंगलबार उद्धार गरी हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो।
बसन्त घिमिरे, कपिल घिमिरे र सुवोध अर्याललाई उद्धार गरिएको गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईले जानकारी दिए।
उनीहरूलाई एअर डाइनेष्टिको हेलिकप्टरबाट उद्धार गरिएको हो।
चुमनुब्री गाउँपालिका सामागाउँस्थित साम्दो निषेधित क्षेत्रमा पर्छ। जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयसँग समन्वय गरी उनीहरूको उद्धार गरिएको बजगाईले जानकारी दिए।