काभ्रेमा रोकिराखेको गाडीमा स्कुटर ठोक्किँदा चालकको मृत्यु भएको छ।
मंगलबार साँझ साढे ५ बजे पनौती नगरपालिका-१० दाहालटारमा रोकिराखेको बा ७ च ६२७७ नम्बरको बोलेरोमा बा ६५ प ७१३९ नम्बरको स्कुटर ठोक्किएको हो।
उक्त दुर्घटना हुँदा स्कुटर चालक पनौती नगरपालिका-७ बसपार्क बस्ने १६ वर्षीय इरोज ताम्राकारको मृत्यु भएको हो।
दुर्घटनापछि उनी र स्कुटर पछाडि सवार १७ वर्षीय सुबोध श्रेष्ठ घाइते भएका थिए। उनीहरूको उपचारको लागि धुलिखेल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा इरोज ताम्राकारको पौने ७ बजे मृत्यु भएको हो।
प्रहरीले दुबै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। सुबोधको उपचार भइरहेको छ भने बोल्न सक्ने अवस्थामा छन्।