अनुहारमा दागहरू देखिने समस्या आउने धेरै कारण छन्। घामको कारण, वंशाणुगत कारणले अनुहारमा दाग देखिन्छ।
त्यस्तै, हर्मोनले गर्दा अनि विभिन्न खालका औषधीको कारणले समेत अनुहारमा दाग देखिन्छ। यसको उपचार असम्भव छैन तर लामो प्रक्रिया हुन्छ। अहिले देखिएको दाग अहिले नै जाने भन्ने हुँदैन। कतिपय दाग हटाउन १ वर्ष समेत लाग्न सक्छ। बिरामीले कस्तो खालको क्रिम लगाएको छ, त्यसको आधारमा समेत उपचार विधि अपनाइन्छ। सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यो समस्या के कारणले भएको छ भनेर पत्ता लगाउन पर्छ। अनुहारको दाग हटाउन विभिन्न खालका नयाँ प्रविधिहरु समेत आइसकेका छन्।
के डन्डिफोरले आत्मबल घटाउँछ?
डन्डिफोर एकदमै सामान्य हो। टिनेजर उमेरमा आउनु त झनै सामान्य हो। यो वंशाणुगत कारण, मानसिक कारणले समेत हुन सक्छ। टिनेजरलाई मात्र यस्तो समस्या हुन्छ भन्ने हुँदैन।महिलाहरूमा महिनावारीको समयमा समेत डन्डिफोर आउन सक्छ।
डन्डिफोरको उपचार जति छिटो गर्यो उति राम्रो हो। जति ढिलो भयो त्यति समस्या ल्याउन सक्छ। व्यक्तिको आत्मविश्वासमा यसले प्रभाव पार्छ। डन्डिफोर आफैं निको होला भनेर लापरबाही गरियो भने जटिलता आउन सक्छ।
डन्डिफोरलाई धेरै लापरबाही गरियो भने दागहरू देखिन सक्छ। त्यसपछि उपचार गर्नु पर्यो भने धेरै समय लाग्न सक्छ। त्य
सैले यसको उपचार समयमै गर्न जरूरी छ। यसलाई रोक्नै सकिने भन्ने हुँदैन। तर आफ्नो छाला अनुसार यसको अनुहारको हेरचाह गर्न सकियो भने कम गर्न सकिन्छ। डन्डिफोर भयो भने जथाभावी औषधी लगाउन हुँदैन। किनकि एउटा व्यक्तिलाई राम्रो गरेको औषधीले अर्को व्यक्तिलाई हानी गर्न सक्छ। त्यसैले चिकित्सकले परीक्षण नगरीकन कुनै औषधी खान र लगाउन हुँदैन। यसले अरू जटिलताहरू ल्याउन सक्छ।
(छाला रोग विशेषज्ञ डा.श्रुजना श्रेष्ठ एब्सोल्यूट एस्थेटिक महाराजगंज र ललितपुरमा कार्यरत छन्।)