जाजरकोटमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ।
भेरी नगरपालिका-६ भेरेखर्कमा कर्णाली प्रदेश.०२००१ त ०१६० नम्बरको ट्याक्टरको ठक्करबाट सोही नगरपालिका-६ बस्ने ८ वर्षीय केशव महताराको मृत्यु भएको हो।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।