काठमाडौंमा ट्यांकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
टोखा नगरपालिका-११ गणेशस्थान नजिक सडकमा बा.३ ख ७१८० नम्बरको ट्यांकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्करबाट सोही ठाउँकी ६० वर्षीया फुलमाँया गुरूङको शुक्रबार दिउँसो मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो।
ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।