बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सदरमुकाम जोड्ने साँफे मार्तडी राजमार्ग अन्तर्गत बडीमालिका नगरपालिका–६ मा पर्ने जडाङ्गा नजिकै शनिबार दिउँसो ट्याक्टर दुर्घटना भएको हो।
सो दुर्घटनामा बडीमालिका नगरपालिका–६ कोर्धका अन्दाजी ३५ वर्षीय बहादुर दानीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो। उनी एमके कन्ट्रक्सनको कम्पनीमा कार्यरत थिए।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराका अनुसार आफैंले चलाएको सुदूरपश्चिम प्रदेश को ०१ ००२ त ६८२६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा दानीको मृत्यु भएको हो। सो ट्याक्टर सडकबाट २० मिटर तल खसेको छ।