आइतबार बिहान धादिङ, खरी केन्द्रविन्दु गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताएको छ। अमेरिकन भौगर्भिक सर्भेले धादिङ भूकम्पको तीव्रता ५.२ म्याग्निच्युड देखाएको छ।

बिहान ७ः३९ बजे गएको भूकम्पको कम्पन काठमाडौं आसपासका जिल्ला र चितवनमा समेत महसुस गरिएको थियो।
२०७२ वैशाख १२ गते उत्तरी गोरखाको बाकपाक केन्द्रविन्दु गरी भूकम्प गएको थियो। त्यस्तै २०७२ वैशाख २९ गते दोलखा र सिन्धुपाल्चोकको सिमाना केन्द्र गरी भूकम्प गएको थियो। त्यसयता परकम्प गइरहे पनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गर्न रोकिएको थियो।
पछिल्लोपटक बझाङ केन्द्रविन्दु गरी पनि पटकपटक भूकम्प गइरहेको छ।