मकवानपुरमा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। दुम्सीडाँडाबाट हेटौंडातर्फ जाँदै गरेको ना२ह ५१७४ नम्बरको अटो आफैं अनियन्त्रित दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
दुर्घटनामा मकवानपुर गढी गाउँपालिका—७ सुकौरा बस्ने २३ वर्षीया मनिता मोक्तान, उनकी २ महिनाकी छोरी, गढी—७ कै, कृष्णबहादुर योञ्जन, उनकी ७ वर्षीया छोरी सारोक्षा योन्जन सामान्य घाइते छन्।
त्यस्तै गढी—७ का २६ वर्षीया दिलमाया योन्जन, २२ वर्षीया हिरामाया योञ्जन, वर्षका २२ का विकास योञ्जन सामान्य घाइते रहेको प्रहरीले बताएको छ। घाइतेमध्ये ५ जना उपचारपछि घर फर्किइसकेका छन्। दुईजनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ।