हेटौंडामा जुवा खेलेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
बिहीबार साँझ साढे ५ बजे हेटौंडा उपमहानगरपालिका-७ देवीवन टोलस्थित एक घरबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको हो।
हात-जित हुनेगरी जुवा खेलेको खबर पाएपछि प्रहरीको टोली पुगेको थियो। त्यहाँबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो।
जसबाट ४ लाख ६५ हजार ३९० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। चार बुक तास र एउटा तन्ना पनि प्रहरीले बरामद गरेको छ।
उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।