स्रोत नखुलेको रकम सहित महोत्तरीबाट प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारत विहारको सितामढी गाढ़ा बेला पंचायत बस्ने विनोद ४० वर्षीय अरुण पंजियारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनको साथबाट १३ लाख २० हजार रुपैँया बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिपक गिरीले बताए।
आइतबार दिउँसो बस चढेर सम्सीबाट जलेश्वरतर्फ आउँदै गरेको अवस्थामा बखरी चोकमा चेकजाँचको क्रममा प्रहरीले पंजियारलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट जलेश्वर नगरपालिकाबाट संयुक्त रुपमा खटिएका प्रहरी टोलीले ना ३ ख २८७८ नम्बरको बस रोकेर चेकजाँच गर्दा उनको साथबाट रकम बरामद भएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गिरीले बताए।