बारामा एक जना शिक्षकमाथि गोली प्रहार भएको छ।
मोटरसाइकल चढेर आएका व्यक्तिहरूले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलमा बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारमाथि सोमबार दिउँसो करिब सवा १ बजेतिर गोली प्रहार गरेका हुन्।
उनको टाउको र घाँटीमा गोली लागेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले सेतोपाटीलाई जानकारी दिए।
गोली लागेर घाइते भएका स्वर्णकारलाई कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि वीरगञ्ज लगिएको छ।
दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेका थिए। गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।