स्रोत नखुलेको झन्डै ११ लाख रकमसहित एक जना पक्राउ परेका छन्।
सप्तरी छिन्नमस्ता गाउँपालिका-३ स्थित विष्णुपुर-सखडा नहर सडकखण्डमा विशेष सूचनाको आधारमा खटिएको टोलीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।
मधेश प्रदेश २-०१-००१ प ०७०८ नम्बरको मोटरसाइकलमा आएका सोही ठाउँका ३९ वर्षीय जयप्रकाश यादवलाई प्रहरीले चेक गरेको थियो।
त्यसक्रममा मोटरसाइकलको सिटमा राखेर ल्याइएको १० लाख ९८ हजार नगद बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।