नेपाली सेनाले २२९ जना अधिकृत क्याडेट (सहायक सेनानी) का लागि आवेदन माग गरेको छ।
रिक्त अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको नेपाली सेनाले जानकारी दिएको छ।
कात्तिक १७ गते शुक्रबार (आज)देखि दरखास्त खुला गरिएको र मंसिर १६ गतेसम्म फारम भर्न पाइने सेनाले बताएको छ। दोब्बर दस्तुर तिरेर मंसिर २३ गतेसम्म फारम भर्न सकिने छ।
