झापामा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
मेचीनगर नगरपालिका-१५ बस्ने २१ वर्षीय सुकलाल हस्दा पक्राउ परेका हुन्।
उनलाई ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
सोमबार दिउँसो बालिकालाई ललाई फकाई बलात्कार गरेको उजुरी थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उक्त घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।