सामाजिक सञ्जालमा महिलाको फोटो दुरूपयोग गरी ठगी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-६का २४ वर्षीय गौरव जैन र भोजपुर नगरपालिका-९ का शैलेन्द्र श्रेष्ठ हुन्।
उनीहरूले कल गर्ल चाहिएमा सम्पर्क गर्न सकिने भन्दै महिलाको फोटो राखी ठगी गर्ने गरेका थिए। अनुसन्धानको क्रममा मोबाइल नम्बर ट्रयाक गर्दा उनीहरूको संलग्नता रहेको खुलेको थियो।
सोही आधारमा उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मोरङ विराटनगर महानगरपालिका-६ बाट पक्राउ गरेको प्रवक्ता एसपी रविन्द्र रेग्मीले जानकारी दिए।
पक्राउ परेका उनीहरूलाई अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको एसपी रेग्मीले बताए।