जाजरकोटमा मृत्यु हुनेको संख्या ९७ जना पुगेको छ।
नलगाड नगरपालिकाका वडाहरूमा भुकम्पबाट पुरिएका घरहरूमा खोजतलास गर्ने क्रममा थप दुई जना मृत भेटिएका जिल्ला समन्वय समितिका सदस्य खडकबहादुर बुढाले जानकारी दिए।
योसँगै नलगाड नगरपालिकामा मात्रै ४८ जनाको मृत्यु भएको उनले बताए।
यीबाहेक भेरी, छेडगाड नगरपालिका सहित कुशे र बारेकोट गाउँपालिका गरी ९५ जनाको मृत्यु भइसकेको उनले जानकारी दिए।
'उद्धार तथा खोजी जारी छ,मृत्यु हुनेको संख्या अझै बढ्ने देखिन्छ,' उनले भने।
उद्धारका क्रममा सोधपुछ गर्दा घरभित्र को-को थिए भन्ने यकिन गर्न नसक्दा मृत्यु हुनेको संख्या बढ्ने सम्भावना रहेको उनले बताए।
भूकम्पमा परी घाइते भएका हरूलाई उपचारका लागि नेपालगंज, सुर्खेत र काठमाडौंका विभिन्न अस्पतालमा पठाउने काम भइरहेको बुढाले जानकारी दिए।