जाजरकोट भूकम्पबाट प्रभावितका लागि कोशी प्रदेश सरकारले एक करोड रुपैयाँ नगदसहित अन्य सामग्री उपलब्ध गराउने भएको छ।
मुख्यमन्त्री केदार कार्कीका अनुसार प्रदेश विपद कोषबाट एक करोड नगद कर्णाली प्रदेश सरकारलाई पठाइने छ भने त्रिपाल, मेट्रेक्स, कम्बल एक एक हजार थान पठाउने तयारी भएको छ।
मुख्यमन्त्री निवास कोशी प्रोजेक्टमा सन्चारकर्मीसँग शनिबार कुरा गर्दै मुख्यमन्त्री कार्कीले कर्णाली सरकारकै आग्रहमा आवश्यक सामग्री पठाउने तयारी भएको बताए।