जाजरकोट केन्द्र भई गत शुक्रबार राति गएको भूकम्पमा अभिभावक गुमाएका बालबालिकालाई दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराइने भएको छ।
ललितपुरस्थित हात्तीवनमा रहेको एलए एजुकेसन ग्रुपका संस्थापक उमेश श्रेष्ठले भूकम्पमा आमा-बाबु गुमाएका बालबालिकालाई छात्रवृत्तिसहित शिक्षामा सहयोग गर्ने बताएका हुन्।
श्रेष्ठले ५ जना छात्र र ५ जना छात्रालाई छात्रवृत्ति दिइने बताएका छन्।
‘उनीहरूलाई कक्षा १२ सम्म एलए ग्रुपअन्तर्गत शिक्षण संस्थामा आवासीय सुविधासहित नि:शुल्क शिक्षा प्रदान गरिनेछ,’ विद्यालयका निर्देशक राजेश श्रेष्ठले भने, ‘दुई करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरिएको हो।’