जाजरकोटमा भूकम्पमा ज्यान गुमाउनेको संख्या सच्याइएको छ।
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी केही मृतकको नाम दोहोरिएको पाइएको हो।
यसअघि नेपाल प्रहरीले दिएको विवरणअनुसार जाजरकोटमा मात्रै मृत्यु हुने १०५ जना थिए।
तर मृतकको संख्या रूजु गर्नेक्रममा केही मृतकको नाम दोहोरिएको खुलेको हो।
जिल्लामा मृतकको संख्या १०१ रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाले जानकारी दिए।
‘एउटा मान्छेको दुई वटा नाम रहेछ। त्यसो हुँदा दुई वटै नामलाई छुट्टाछुट्टै गणना भयो। अर्को चाहिँ तीन जनाको सदरमुकाममा बस्ने तर अर्कै पालिकाका हुन्। त्यसो हुँदा दुबै ठाउँबाट नाम टिपाउँदा दोहोरिएको रहेछ,’ उनले भने।
आइतबार शव बुझाउने क्रममा रूजु गर्नेक्रममा यसबारे खुलेको हो।
यस्तै, रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो। योसँगै भूकम्पमा परी ज्यान गुमाउनेको कुल संख्या १५३ भएको हो।