प्रिय पाठकहरू, आज हामी तपाईंलाई सेतोपाटीको सदस्य कसरी बन्न सकिन्छ भनेर सिकाउन गइरहेका छौं।
सुरूमा तपाईंको फोन/ल्यापटपमा setopati.com खोल्नुहोस्।
सेतोपाटीको होमपेजमा बायाँतिर LOGIN लेखेको ठाउँमा जानुस्।
त्यसपछि तपाईंलाई त्यहाँ तीनवटा अप्सन देखाउँछ। तीमध्ये तपाईंले इमेल वा गुगल वा फेसबकुबाट लगइन गर्न सक्नुहुन्छ। फेसबुकमा इमेल आइडी राख्नुभएको छैन भने लगइन हुँदैन।
जिमेल आइडी छ भने गुगलबाट लगइन गर्न तपाईंलाई धेरै सजिलो हुन्छ। गुगलको अप्सन थिच्नेबित्तिकै सिधै लगइन हुन्छ र पैसा तिर्ने ठाउँमा लैजान्छ। OTP चाहिँदैन।
तर अरू इमेल आइडी छ र इमेलबाट लगइन गर्नुहुन्छ भने तपाईंले नयाँ खाता खोल्नुपर्ने हुन्छ। त्यहाँ सेतोपाटी 'सबस्क्राइब गर्नुभएको छैन? नयाँ अकाउन्ट खोल्न यहाँ क्लिक गर्नुहोस्' भन्ने देखिन्छ। यसमा तपाईंले आफ्नो नाम र आधिकारिक इमेल ठेगाना राख्नुपर्ने हुन्छ। पासवर्ड भने तपाईंले आफ्नो इच्छा अनुसार राख्न सक्नुहुन्छ। त्यसपछि रजिस्टरमा क्लिक गरेपछि तपाईंलाई OTP कोड माग्छ जुन तपाईंको त्यही इमेलमा आउँछ। इमेलका सबै फोल्डरमा हेर्नुहोला। त्यो ओटिपी कोड राखेर 'सबमिट' गर्नुस्।
यसपछि सबस्क्रिप्सनको दुइटा विकल्प देखाउँछ। तीमध्ये तपाईं इच्छा अनुसार सेतोपाटीको मासिक वा वार्षिक सदस्य बन्न सक्नुहुन्छ।
नेपालबाट सदस्य बन्ने पाठकहरूले बैंकको एटिएम कार्ड वा कुनै पनि बैंक एपको मोबाइल बैंकिङबाट फोनपे, नेपालपे, क्युआर कोड प्रयोग गरेर शुल्क तिर्न सक्नुहुन्छ। इसेवा र खल्ती पनि छ। जुनबाट तिर्ने हो त्यहाँ क्लिक गर्नुस्।
विदेशका पाठकहरूले भिसा वा मास्टर कार्ड प्रयोग गरेर शुल्क तिर्न सक्नु हुन्छ।
त्यसपछि तल सानो अक्षरमा 'नीति तथा सर्तहरू पढेको छु' लेखिएको छ। त्यसमा टिक लगाएर 'कन्टिन्यु' Continue मा क्लिक गर्नुस्। त्यसपछि त्यहाँ देखिएको शुल्क तिरेपछि तपाईंको सदस्यता सक्रिय हुनेछ।
अब तपाईंको सदस्यता सक्रिय भए/नभएको थाहा पाउनका लागि सेतोपाटी होमपेजमा गएर ACCOUNT लेखेको ठाउँमा क्लिक गरेर हेर्नसक्नु हुन्छ वा http://setopati.com/dashboard मा गएर आफ्नो अकाउन्टको स्टाटस हेर्न सक्नुहुन्छ।
कुनै जिज्ञासा भए subscription@setopati.com मा इमेल पठाउन सक्नुहुन्छ।