अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले ७ दिनको तलब भूकम्प पीडितलाई दिने भएका छन्।
शुक्रबार अख्तियारका पदाधिकारीहरूले सात दिन बराबरको तलब रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
कात्तिक १७ गते राति ११:४७ बजे जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो।
उक्त भूकम्पले १५३ जनाको मृत्यु भएको थियो। अख्तियारले भूकम्पमा ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली र शोकाकूल परिवारजन प्रति समवेदना समेत प्रकट गरेको छ।
भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना समेत गरेको छ।