पर्सा प्रहरीले विभिन्न स्थानबाट बेवारिसे अवस्थामा फेला पारेको पटाका नष्ट गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न किसिमका पटाका बरामद गरी खाल्डो खनेर नष्ट गरेको हाे।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले चाडपर्व सुरक्षा योजना अनुरूप खटिएको प्रहरी टोलीले भारतबाट लुकाइछिपाइ ल्याइएका आतिसबाजी तथा पटाकाजन्य वस्तुहरू विभिन्न मिति तथा स्थानहरूबाट आठ लाख बराबरका आतिसबाजी नष्ट गरिएको बताए।
डिएसपी थापाका अनुसार बेवारिसे अवस्थामा पटाका बरामद गरी स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको रोहबरमा नष्ट गरिएकाे हो।