संखुवासभामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय चैनपुरले बिहीबार दिउँसो साढे ३ बजे धर्मदेवी नगरपालिका-२ का २८ वर्षीय बुद्धे भन्ने बुद्धिराज जिमीलाई पक्राउ गरेको हो।
उनलाई धर्मदेवी नगरपालिका-२ तामाफोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।
२०६८ फागुन ३ गते धर्मदेवी-२ का रविन जिमीको हत्या भएको थियो। उनको हत्यामा बुद्धिराजको समेत संलग्नता रहेको प्रहरीले जनाएको छ।
उक्त घटना भएदेखि नै फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो
प्रहरीले उनलाई जिल्ला अदालत संखुवासभामा पेश गरेको छ।