एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले जाजरकोट र रुकुम (पश्चिम)का भूकम्प पीडितलाई राहत वितरण गरेको छ।
एक्सपर्ट एजुकेशनको सामाजिक संस्था एक्सपर्ट फाउण्डेशनमार्फत भूकम्प पीडितलाई ५ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको हो।
एक्सपर्ट फाउन्डेसनले रूकुम (पश्चिम)को अति प्रभावित आठविसकोट नगरपालिका वडा नम्बर १३ र १४ मा ४६२ थान कम्वल वितरण गरेको हो।
वडा नम्बर १४ का वडा अध्यक्ष हुकुमबहादुर पुन, नगरपालिकाका प्रतिनिधि, स्थानीय बुद्धिजिवी, नागरिक समाजका प्रतिनिधि तथा राजनीतिक दलहरूका प्रतिनिधिहरूको उपस्थितिमा राहत सामग्री वितरण गरिएको हो।
एक्सपर्टले विभिन्न समयमा आइपर्ने विपदमा सहयोग गर्दै आइरहेको छ। एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भूकम्पले सयौं परिवार घरबारविहीन बनेको अवस्थामा सहयोग स्वरुप फाउण्डेशनमार्फत राहत सामग्री वितरण गरिएको बताए।
देशमा आइपर्ने संकट समाधानका लागि सबैले सकेको हातेमालो गर्दै जानुपर्ने भन्दै भूकम्प पीडितलाई आवश्यक सहयोगमा जुट्न उनले आग्रह गरे।
राहत सामग्री लिएर एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिजेस नेपालका कन्ट्री म्यानेजर विकास ज्ञवाली रुकुम पश्चिम पुगेका थिए।
एक्सपर्ट एजुकेशन तथा भिजा सर्भिसेजको गैरनाफामूलक सामाजिक संस्था एक्सपर्ट फाउन्डेसनले विपदको घडीमा समस्यामा परेका नागरिकहरूलाई विभिन्न सहयोगहरू गर्दै आएको छ।
यस संथाले सन् २०१५ को भूकम्पले क्षतिग्रस्त विद्यालयको पुननिर्माण, बाढी पीडितलाई राहत वितरण, कोभिडमा अक्सिजन कन्सनटेटर, स्यानिटाइजर र माक्स वितरण, कोभिडको समयमा सडक नागरिकलाई भोजन प्रदान र रक्तदान जस्ता सामाजिक कार्यहरू गरेको थियो। एक्सपर्ट फाउन्डेसन अष्ट्रेलियामा पनि क्रियाशील छ। यस सस्थाले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुलाई कोभिडमा राहत कुपन वितरण गरेको थियो।