काभ्रेको मण्डनदेउपुर नगरपालिकामा १५ शैय्याको अस्पताल भवनको शिलान्यास गरिएको छ। स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले अस्पताल भवनको आइतबार शिलान्यास गरेका हुन्।
अस्पताल नगरको वडा नम्बर ७ नौबिसेमा बन्न लागेको हो।
यसअघि ५ शैय्याको नगर अस्पताल भएको स्थानमा शैय्या थप गरेर नगर अस्पताल निर्माण हुन लागेको हो।
अस्पतालको लागत २२ करोड रुपैयाँ छ भने निर्माण एक वर्षमा सकिने गरि सम्झौता भएको छ।
शिलान्यास पछि बोल्दै मन्त्री बस्नेतले अस्पतालाई आवश्यक पर्ने केही स्वास्थ्य सामग्री उपलब्ध गराउने बताए।



