सेतोपाटी सदस्यता शुल्क अब फोन-पेबाट पनि तिर्न मिल्ने भएको छ।
अब तपाईंहरूले मोबाइल वा कम्प्युटर प्रयोग गरेर फोन-पे सेतोपाटीको मासिक वा वार्षिक सदस्यता शुल्क तिर्न सक्नु हुनेछ।
यसअघि नै नेपाल-पेको क्युआरबाट पैसा तिर्न मिल्ने व्यवस्था छ। नेपालको कुनै पनि बैंकको क्युआर (QR) बाट फोन-पे वा नेपाल-पे मार्फत् पैसा तिर्न सक्नु हुनेछ।
बैंकको भिसा वा मास्टर कार्ड प्रयोग गरेर पनि शुल्क तिर्न सकिन्छ।
नेपालबाहिरबाट सदस्य बन्न चाहनु हुनेहरूले पनि भिसा वा मास्टर कार्डबाट पैसा तिरेर सदस्यता लिन सक्नु हुनेछ। कार्ड र नेपाल-पेको भुक्तानीका निम्ति हामीले हिमालय बैंक लिमिटेडसँग सहकार्य गरेका छौं।
क्युआर कोडबाट शुल्क तिर्न चाहनुभयो भने 'पेमेन्ट फर क्युआर' लेखिएको बक्समा टिक लगाउनुस्। त्यसमा फोन-पे वा नेपाल-पे छान्नुहोस्।
त्यसपछि तल सानो अक्षरमा 'नीति तथा सर्तहरू पढेको छु' लेखिएकोमा टिक लगाएर 'कन्टिन्यु' Continue मा क्लिक गर्नुस्। अब शुल्क तिरेपछि तपाईंको सदस्यता सक्रिय हुनेछ।
तपाईंको सदस्यता सक्रिय भए/नभएको थाहा पाउन सेतोपाटी होमपेजमा गएर 'ACCOUNT' (लगइन नगरेको बेलामा हेर्दा LOGIN आउँछ) मा क्लिक गरेर हेर्न सक्नुहुन्छ।
सबस्क्राइबबारे कुनै जिज्ञासा भए subscription@setopati.com मा इमेल पठाउन सक्नुहुन्छ।