सिन्धुलीमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।
दुधौली नगरपालिका-५स्थित कमला खोलामा सोही ठाउँका ६० वर्षीय सरलु कुमरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जीवी दाहालले जानकारी दिए।
आइतबार बिहान साढे ९ बजे उनी खोलामा नुहाउन गएका थिए।
खोलाले बगाएको देखेपछि स्थानीय बालबालिकाहरूले देखेर होहल्ला गरेपछि प्रहरीलाई खबर गरिएको थियो। सरलुलाई पानीबाट निकालेर हेर्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
पोष्टमर्टमपछि परिवारले शव बुझिसकेका छन्।