मोरङ, उर्लाबारीस्थित सुन पसलमा आगलागीमा परी घाइते भएका १० जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। उनीहरूलाई नेपाली सेनाको स्काइ ट्रकमार्फत् बुधबार काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय, मोरङका एसपी दुर्गा रेग्मीले जानकारी दिए।
उनीहरूलाई कीर्तिपुरको बर्न अस्पताल ल्याउन लागिएको हो।
आइतबार राति उर्लाबारीस्थित एउटा सुन पसलमा आगलागी भई ग्यास सिलिण्डर विष्फोट हुँदा आइतबार राति ४ प्रहरीसहित २८ जना घाइते भएका थिए। आगलागीमा परेर घाइते भएकामध्ये पाँच जनाको स्वास्थ्य अवस्था जटिल देखिएको थियो।
राति साढे १० बजे भएको घटनामा घाइतेमध्ये उर्लाबारी नगरपालिका वडा नम्बर ७ का कुमार तामाङ, शिवकुमार विक, सुमन चौधरी, कैलाश गुरुङ, रामनरेश मरिकको स्वास्थ्य अवस्था गम्भीर रहेको थियो।
घाइतेहरूमध्ये १२ जनाको झापाको बिएण्डसी अस्पतालमा उपचार भइरहेको थियो।
त्यसमध्ये १० जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो।


-1699945337.jpg?timestamp=1699945342483)