भक्तपुरमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ।
भक्तपुर नगरपालिका-१ दुधपाटी नपुखु पोखरीमा डुबेर भक्तपुर नगरपालिका वडा नं. ४ नासमाना बस्ने बर्ष ५३ वर्षीय सुमन राजभण्डारीको मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकका अनुसार मंगलबार साँझ ६:२० बजे पोखरीमा मानिस डुबेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।
तत्काल उद्धार गरी राजभण्डारीलाई उपचारका लागि भक्तपुर अस्पताल पुर्याउँदा चिकित्सकले मंगलबार साँझ ७ बजे नै उनको मृत्यु भइसकेको घोषणा गरेको डिएसपी पाठकले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।