टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
सरकारले कात्तिक २७ गते टिकटक प्रतिबन्ध गर्ने मन्त्रिपरिषदबाट निर्णय गरेको थियो।
सरकारको उक्त कदमविरूद्ध अधिवक्ता दिनेश त्रिपाठी सर्वोच्च पुगेका हुन्। त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट दिएका छन्।
‘टिकटक प्रतिबन्ध गर्ने मन्त्रिपरिषदको निर्णय बदरका लागि रिट दिएको छु, दर्ताको प्रक्रियामा छ,’ त्रिपाठीले सेतोपाटीसँग भने, ‘टिकटकलाई रोक लगाउने नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय एवं यसबाट निसृत सबै कामकारबाहीहरूका साथै यस सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा जारी सूचना/विज्ञप्ति उत्प्रेषणको आदेशद्वारा बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउनु भनि परमादेश जारी गरी पाऊँ भनेर रिट दिएको हुँ।’
सामाजिक सद्भाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारको भनाइ थियो।
यो पनि:
टिकटक माथिको प्रतिबन्ध
सरकारले हटाऊ भनेको कन्टेन्ट हटाउँदा पनि टिकटक किन गरियो बन्द?
नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय