कैलालीको अत्तरियामा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
शुक्रबार साँझ धनगढीबाट अत्तरियातर्फ आइरहेको मप्र ०३०१ख९६५० ट्रकले ठक्कर दिँदा डोटीको शिखर नगरपालिका–२ बस्ने ६० वर्षीया भगवती रोस्यारा घाइते भएकी थिइन्।
रोस्याराको उपचारका क्रममा राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।
घटनापछि चालक डडेल्धुराको अजयमेरू गाउँपालिका–१ का ३४ वर्षीय नरेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ।