मकवानपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
आइतबार पौने २ बजे हेटौंडा उपमहानगरपालिका-६ शान्तिटोलस्थित कान्ती लोकपथ सडकखण्डमा ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो।
ना ७ ख १८१६ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश ठकुरीले जानकारी दिए।
ठक्करबाट स्थानीय ३८ वर्षीया महिला निरा बजगाईको मृत्यु भएको हो।
प्रहरी निरीक्षक ठकुरीका अनुसार ट्रक तीव्र गतिका कारण दुर्घटनामा परेको हो।
ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी घटनास्थल पुगेर थप अनुसन्धान अघि बढाएको छ।