बुटवलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सहकारी अभियान्ता माधव देवकोटा र उनीसँगै मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको हो।
प्रहरीका अनुसार तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा देवकोटाले चलाएको लु ४९ प २२३० नम्वरको मोटरसाईकल ना ६ ख ८१६१ नं. को ट्रकले ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट उनीहरूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। मोटरसाइकलको पछाडि सवार महिलाको परिचय खुलिसकेको छैन।
घाइते भएका दुबैलाई स्थानीयले तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकहरु दुबैजनाको शव क्रिमसन अस्पतालमै राखिएको छ।
तिलोत्तमामा रहेको तिलोत्तमा सहकारीका अध्यक्ष समेत रहेका देवकोटा सहकारी संघका केन्द्रिय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका संचालक थिए।
बिभिन्न सामाजिक तथा पेशागत संघ संस्थामा आवद्ध देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार समेत थिए।