एसएस फाउन्डेसनले सुर्खेतको भेरीगंगा- ४ स्थित बाउनीचौरको दिपेन्द्र प्राथमिक विद्यालयलाई स्कुल झोला सहयोग गरेको छ।
फाउन्डेसनका सदस्य चुडाकुमार कार्की मार्फत् विद्यार्थीको लागि झोला हस्तान्तरण गरिएको हो।
एसएस फाउन्डेसनका अध्यक्ष मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ।
फाउन्डेसनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो।
यस्तै फाउन्डेसनका संरक्षक फाउन्डेसनका संरक्षक शोभित उप्रेतीको पहलकदमीमा गत महिना १९औं एसियाली खेलकुदमा रजत पदक विजेता कराते खेलाडी एरिका गुरूङ र प्रशिक्षक कुशल श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो।