अमेरिकाको टेक्सास राज्यको ड्यालसमा बुद्ध धर्मसम्बधित अनुष्ठान आयोजना गरिएको छ।
अनुष्ठानमा खेन्पो वागीन्द्र शील सरिक रहेको आयोजकहरूले जानकारी दिएका छन्।
नेपाली कल्चरल तथा स्पिरिचुअल सेन्टर, नेप्लिज बुद्धिस्ट एशोसिएसन, टेक्सास तथा तामाङ समाज टेक्सासले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा खेन्पो वागीन्द्र शीलले प्रवचन दिएका थिए।
उनले बौद्ध धर्मग्रन्थ दोमाङका मत्त्वपूर्ण सन्देश बताउनुका साथै चार चरणको ध्यानबारे पनि जानकारी दिएका थिए। पहिलो चरणमा अनापानसति, दोस्रो चरणमा मैत्री, तेस्रो चरणमा तोम्लिङ र चौथो चरणमा विपश्यना विधिको चर्चा गरेका थिए।
खेन्पो ११ वर्षको उमेरमा बुद्ध धर्ममा प्रविष्ट भएका हुन्। उनी बुद्ध धर्ममा प्रवेश गर्नुअघि नन्दप्रसाद तिमिल्सिना थिए।
उनले बौद्ध धर्मग्रस्न दोमाङको नेपाली अनुवाद पनि गरेका छन्।