यस वर्षको सेजन अवार्ड कान्तिपुर दैनिकका पत्रकार मातृका दाहाल र देवेन्द्र भट्टराई ले प्राप्त गरेका छन्।
सेजनले वर्षभर उत्कृष्ट समाचारलाई एक लाख रासीको सेजन अवार्ड प्रदान गर्ने गरेको हो। भुटानी शरणार्थी प्रकरणमा लेखिएको समाचारलाई यो अवार्ड दिइएको हो।
भोला चालिसे लिवरल जर्नालिजम् अवार्ड हिमाल खबरका रमेश कुमारले प्राप्त गरेका छन्।
सेजन ब्रोडकाष्ट अवार्ड उज्यालो रेडियोका अर्जुन पोखरेलले, सेजन छापामाध्यम अवार्ड नयाँ पत्रिकाकी मुना कुँवर, सेजन डिजिटल अवार्ड क्लिकमान्डु डटकमका राजेश बर्माले प्राप्त गरेका छन्।
त्यस्तै एक लाख राशीको स्व. सञ्जय न्यौपाने लेखनवृत्ति पुरस्कार कान्तिपुर दैनिकका यज्ञ बन्जाडेले प्राप्त गरेका छन्।